पौष १८ र १९ गते हतुवागढीमा नि:शूल्क आँखा शिविर

शेयर गर्नुहोस

१३ पौष, घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिका स्थित आँखाको नि:शूल्क शल्यक्रिया शिविर सञ्चालन गरिने भएको छ ।

नेपाल नेत्रज्योति संघ आँखा तथा कान उपचार केन्द्र, भोजपुरको आयोजना तथा हतुवागढी गाउँपालिकाको सहयोगमा उक्त शिविर पौष १८ र १९ गते सञ्चालन हुने भएको हो ।

प्राथमिक स्वास्थ्य केन्द्र घोडेटारमा हुन लागेको उक्त शिविरमा नेत्र विशेषज्ञहरुद्वारा आँखाका सम्पूर्ण रोगहरुको जाँच तथा उपचार, आँखामा मोतिविन्दु, मासु पलाएको लगायत रोगको नि:शूल्क शल्यक्रिया गरिने तथा चश्मा साथै औषधी सहुलियत मूल्यमा उपलब्ध गराइने जारी सुचनामा उल्लेख छ ।

दिनको बिहान ९ बजे देखि ३ बजे सम्म उक्त शिविर सञ्चालन गरिने जनाइएको छ ।

नेपाल नेत्रज्योति संघ विराटनगर आँखा अस्पताल, रानीको प्राविधिक सहयोग रहने उक्त शिविरको व्यवस्थापन प्राथमिक स्वास्थ्य केन्द्र, घोडेटार र हतुवागढी आँखा उपचार केन्द्रले गर्नेछ ।

अन्य पोष्टहरु

चोरीभएको सुन सहित नगद बरामद

चोरीभएको सुन सहित नगद बरामद

शेयर गर्नुहोस भोजपुर । भोजपुर नगरपालिका ५ बोखिममा चोरी भएको नगद र सुन बरामद भएको छ…

त्रिवि दिवसमा भोजपुर क्याम्पसले गर्यो विभिन्न कार्यक्रम

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । त्रिभुवन विश्वविद्यालयको ६५ ‌औ वार्षिक दिवसको अवशरमा भोजपुर बहुमुखि क्याम्पसले…
भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।…