हतुवागढी १ मा गुणस्तरीय शिक्षा र स्वास्थ्यमा सुधार ल्याउँछुः पृथ्वी थापा

शेयर गर्नुहोस

घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिमा वडा नम्बर १ को अध्यक्षमा पृथ्वी नारायण थापाले उम्मेदवारी दिएका छन् ।

आसन्न वैशाख ३० गतेको निर्वाचनका लागि थापाले नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका हुन् ।

गत निर्वाचन २०७४ मा वडा सदस्य पदमा पराजित रहेपनि सामाजिक कार्यमा सक्रीय रहेका उनले समुदायमा विकास निर्माण र वेतिथि विरुद्ध आवाज उठाइ रहेका छन् ।

उनले २०५८ सालमा श्री सगरमाथा मावि घोडेटारमा नेविसंघ इकाइ समिति सदस्य भए सँगै राजनैतिक यात्रा प्रारम्भ गरेका हुन् । यो सँगै पार्टीको विभिन्न तहमा रहेर काम गरेका उनी हाल नेपाली कांग्रेस हतुवागढीको सह–सचिवको जिम्मेवारीमा रहेका छन् ।

उच्च शिक्षा हासिल गरेका ३४ वर्षीय थापाले श्री पञ्चकन्या आधारभूत विद्यालय स्थापना काल देखि नै व्यवस्थापन समिति रहेर काम गरे । विगत लामो समय वैदेशिक रोजगारीको क्रममा विदेशमा रहेका उनले वडाको समृद्धिको लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।

आफू निर्वाचित भएपश्चात कृषि क्षेत्रको विकास गर्न पर्याप्त मल, विऊविजन उपलब्ध गराउने योजना रहेको उनले बताए । अस्तव्यस्त शैक्षिक अवस्थाको सुधार र स्वास्थ्य केन्द्रमा रहेका वेतिथिको अन्त्य गर्ने उनको प्रतिवद्धता रहेको छ । उनले भने, “हतुवागढी १ मा रहेको स्वास्थ्य केन्द्रमा त्यहाँको कर्मचारी मध्ये करिब १३ परिवार बस्ने गरेका छन्, दुई जना भन्दा बढी बिरामी राख्न परे कोठा अभाव हुने अवस्था छ । ।” त्यसको समाधानको लागि आवश्यक पहल गरेको तर कुनै तहबाट सुनुवाई नभएको उनको गुनासो छ ।
थापाले शैक्षिक क्षेत्रको विकासका लागि हरेक विद्यालयमा आधुनिक प्रणालीको आधारमा शेक्षिक विकास गर्ने योजना अघि सारेका छन् । हर्कामा रहेको पञ्चकन्या आधारभुत विद्यालय स्थानीयबासीले स्थापना कालदेखि गाउँमा सापटी कोष खडा गरेर सञ्चालन गरिरहेको र त्यहाँको विकासमा सरोकारवालाको ध्यान नगएको उनको भनाइ छ । थापाले सडक स्तरोन्नतिको योजनालाई पनि प्राथामिकताका साथ अघि सारेका छन् ।

अन्य पोष्टहरु

चोरीभएको सुन सहित नगद बरामद

चोरीभएको सुन सहित नगद बरामद

शेयर गर्नुहोस भोजपुर । भोजपुर नगरपालिका ५ बोखिममा चोरी भएको नगद र सुन बरामद भएको छ…

त्रिवि दिवसमा भोजपुर क्याम्पसले गर्यो विभिन्न कार्यक्रम

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । त्रिभुवन विश्वविद्यालयको ६५ ‌औ वार्षिक दिवसको अवशरमा भोजपुर बहुमुखि क्याम्पसले…
भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।…