आदिबासी जनजाति ‘महिला हिंसा र उपचार विषयक छलफल’ इटहरीमा

शेयर गर्नुहोस
  1. -अर्जुन राई अपहेलित
    २४ फागुन, इटहरी । आदिबासी जनजाति महिला मञ्च प्रदेश नं. १ समितिले ‘महिला हिंसा र उपचार विषय छलफल’ सम्पन्न गरेको छ ।

मंगलबार (आज) ११२ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर मञ्च द्वारा इटहरीमा आयोजित कार्यक्रममा आदिबासी जनजाति महिलाहरुका हिंसा र त्यसको समाधान विषयमा छलफल गरिएको हो ।कार्यक्रमका प्रमुख अतिथी एवं राष्ट्रिय आदिबासी जनजाति महिला मञ्च केन्द्रीय कोषाध्यक्ष सुसिला गोलेको हातबाट गमलाको फुलमा पानी हालेर उक्त छलफल कार्यक्रम उद्घाटन गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी सुसिला घलेले सम्पूर्ण आदिबासी जनजाति महिलाहरुको प्रतिनिधित्व हुनेगरी गठित महिला मञ्चले सुरुवातकै चरण देखि विकासशील कार्य गर्दै आएको उल्लेख गरिन् ।

महिलाहरुलाई हरेक क्षेत्रमा अग्रसर गराउदै सशक्तीकरण गराउने महिला मञ्चको मुख्य उद्देश्य रहेको उल्लेख गर्दै उनले महिलालाई आर्थिक, सामाजिक र राजनैतिक क्षेत्रमा कसरी सशक्तीकरण गर्न सकिन्छ भन्ने सन्दर्भमा कार्यक्रम तर्जुमा गर्न आवश्यक रहेको बताइन् ।

उनले आदिबासी महिलालाई आधुनिक कृषि क्षेत्रमा अग्रसर गराउदै आफ्नो मैलिक भेषभुषा, भाषा, संस्कार बारेमा जनचेतना जागरण गराउन जोड दिइन् ।

कार्यक्रममा अधिवक्ता शान्तिदेवी राईले आदिबासी जनजाति महिला हिंसा र उपचार विषयक छलफलको सहजीकरण गरेकी हुन् ।

विभिन्न जातिय संस्थाका प्रतिनिधिहरुको सहभागितामा आयोजित उक्त छलफलमा आदिबासी जनजाति महिला हिंसाबारे अन्तर्राष्ट्रिय प्रावधानहरु बारे प्रस्तुति गरिएको थियो ।

अझै पनि आदिबासी जनजाति महिलाहरुमा हुने गरेका घरेलु हिंसा, सांस्कृतिक हिंसा, समुदायमा विद्यमान प्रथाहरु तथा प्रचलनहरुको नियमन गर्ने सबै महिला अभियान्ता, अधिकारकर्मीको दायित्व रहेको बताइएको छ ।

छलफलमा हिंसा विरुद्ध लड्न कानुनी मार्गहरु प्रष्ट भए पनि सबै तहमा जनचेतना अभाव हुँदा धेरै महिलाहरुले पीडा सहेर बस्नु परेको अधिवक्ता शान्तिदेवी राईले उल्लेख गरिन् ।

आदिबासी जनजाति महिला मञ्च प्रदेश नं.१ अध्यक्ष माया राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन मञ्चको प्रदेश सचीव मिश्रमाया गुरुङले गरेकी हुन् । त्यस्तै मञ्चको प्रदेश सदस्य सनम राजवंशीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन ।

विगत देखीनै समाज र राज्यले गरेको हिंसा तथा राज्यले प्रदान गर्ने सेवासुविधा भोग गर्ने शक्ति नभएकै कारण आदिबासी महिलाहरु अन्य समुदायका महिलाहरु जसरी प्रतिस्पर्धा गर्न, तर्क प्रस्तुत गर्न नसक्दा जहाँको त्यही रहनु पर्ने अवस्था रहेको अध्यक्ष माया राईको भनाइ छ ।

आफ्नो हक अधिकारको मुद्दा उठाउदै गर्दा कानुनी प्रावधान पनि बुझ्न आवश्यक रहेको उल्लेख गर्दै अध्यक्ष राईले समुदाय परिवर्तनका लागि सर्वप्रथम आफू परिवर्तित हुन जरुरी रहेको बताइन् ।

‘महिला हिंसा र उपचार विषयक छलफल’ कार्यक्रमामा किरात राई, लिम्बू, धिमाल, नेवार, थारु, तामाङ, मगर, याख्खा, सुनुवार, गुरुङ, शेर्पा, ताजपुरिया, राजवंशी लगाएतका जातिय संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

अन्य पोष्टहरु

चोरीभएको सुन सहित नगद बरामद

चोरीभएको सुन सहित नगद बरामद

शेयर गर्नुहोस भोजपुर । भोजपुर नगरपालिका ५ बोखिममा चोरी भएको नगद र सुन बरामद भएको छ…

त्रिवि दिवसमा भोजपुर क्याम्पसले गर्यो विभिन्न कार्यक्रम

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । त्रिभुवन विश्वविद्यालयको ६५ ‌औ वार्षिक दिवसको अवशरमा भोजपुर बहुमुखि क्याम्पसले…
भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।…