नारी दिवसमा शिक्षक संगठनको प्रशिक्षण कार्यक्रम

शेयर गर्नुहोस


भोजपुर । नेपाल राष्ट्रीय शिक्षक संगठन जिल्ला समिति भोजपुर महिला विभागले नारी दिवसको अवसरमा प्रशिक्षण कार्यक्रम आयोजना गरि मनाएको छ । “लैगिंक समानताको बलियो आधार , सिर्जनात्मक प्रविधिमा महिला पहुचको विस्तार भन्ने नारा सहित प्रशिक्षण कार्यक्रम आयोजना गरिएको संगठन भोजपुरका उपाध्यक्ष सरस्वती राईले बताउनु भयो ।
कार्यक्रममा नेपाल शिक्षक महासंघ भोजपुरका अध्यक्ष एवं अधिवत्ता तिर्थकुमार राईले लैंगिक हिंसा न्युनिकरण र समावेशिताको सवालमा संवैधानिक तथा कानुनि व्यवस्था विषयक कानुनि जानकारी प्रस्तुत गुर्न भएको थियो । प्रस्तुति संगै राईले निवृतिभरण ऐन २०७५ आए पनि सो अनुसार शिक्षकहरुलाई व्यवस्था नहुदा शिक्षक निवृति भरण हुने नहुने अन्योल हुनुका साथै श्रम ऐन अनुसार शिक्षकहरुको ग्रेड वृद्धि तलव समायोजन लगायत विषय सम्वोधन हुन नसकेको बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथिं संगठनका राष्ट्रीय उपाध्यक्ष एवं विश्व शिक्षक महासंघको एसिया प्रशान्त क्षेत्रको बोर्ड सदस्य कमला थापाले एनएनटिएको इतिहास र लैगिक समावेशिकरण विषयक प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षण कार्याक्रममा शिपमुलक तालिम अन्र्तगत लाछा धागो बनाउन समेत सिकाइएको थियो । संगठनका हतुवागढि गाउँपालिका कमिटिका उपाध्यक्ष मायादेवी राई लाछा धागो फुर्का बनाउन सिकाउनु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि राष्ट्रीय उपाध्यक्ष कमला थापा , संगठन प्रमुख सल्लाहकार राजधन राई,प्रदेश उपाध्यक्ष सरिता तामाग ,संगठनका भोजपुर अध्यक्ष धुव्रराज रेग्मी लगायत , राष्ट्रीय सदस्य यदुकुमारी सुवाल लगायतले शुभकामना संगै आफ्नो धारणा राख्नु भएको थियो ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…