आम्चाेकमा माओवादी केन्द्र र काग्रेसका नेता कार्यकर्ताहरु एमालेमा प्रवेश
- राजनीति
- November 3, 2022
भोजपुर । प्रतिनिधि सभाका उम्मेदवार शेरधन राईको गृहपालिका आम्चाेकमा माओवादी केन्द्र र काग्रेसका नेता कार्यकर्ताहरु पार्टी परित्याग गरि एमालेमा प्रवेश गर्नुभएकाे छ । नव प्रवेशीहरुलाई नेकपा एमाले स्थाई कमिटि सदस्य, पूर्व मुख्यमन्त्री तथा प्रतिनिधी सभा सदस्य उम्मेदवार शेरधन राई र पूर्व सभासद डाक्टर इन्द्रजित राईले स्वागत गर्नुभएको थियो ।
विहिवार मात्र नेकपा माओवादी पार्टी परित्याग गरि दर्जनौ नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेको एमाले जिल्ला पार्टि सचिव किरण राईले बताउनुभयो । चुनावी अभियानको क्रममा आम्चोक गाउँपालिका ८ दुम्मानामा ५५ जना भन्दा वढि माओवादी र नेपाली काग्रेस पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेको राईले बताउनुभयो । पार्टी प्रवेश गर्नेहरुमा नेकपा माओवादीका दुर्गाबहादुर श्रेष्ठ भीम बहादुर श्रेष्ठ जगतबहादुर श्रेष्ठ लगायत रहनुभएको छ । त्यसै गरि नेपालिका काग्रेसका आशमान मगर,मदन श्रेष्ठ ढब बहादुर परियार तलाराम श्रेष्ठले पनि पार्टी परित्याग गरि एमाले प्रवेश गरेका हुन । एमाले पार्टी प्रवेश गरेका दुर्गाबहादुर श्रेष्ठले देशको विकास नेकपा एमालेबाट मात्र सम्भव भएको भन्दै पार्टी प्रवेश गरेको बताउनु भयो । आम्चोक गाउँपालिका वडा नम्बर ९ मा पनि ५ जना नेकपा एमाले प्रवेश गर्नुभएको नेकपा एमालेले जनाएको छ । दुम्मानामा प्रभावशाली नेता कार्यकर्ता एमालेमा प्रवेश गरेपछि माओवादिलाई क्षति पुगेको छ । उक्त गाउँपालिकामा स्थानिय तहमा काग्रेस र एमालेको गठबन्धन भएको थियो । एमालेले जिल्लामा विभिन्न ठाउँबाट आजबाट भुनावी अभियान र प्रचार प्रसारलाई तिव्र पारेको पार्टी अध्यक्ष शरण राईले बताउनु भयो ।