विविध कार्यक्रमका साथ टुङ्गियो होम्ताङ साकेन्वा सिली मेला २०८१

शेयर गर्नुहोस

घोडेटार। भोजपुर जिल्लाको दक्षिणी क्षेत्र हतुवागढी गाउँपालिकास्थित होम्ताङमा आयोजित साकेन्वा सिली मेला सम्पन्न भएको छ ।

साकेन्वा संरक्षण, पूजा समिति तथा साकेन्वा मेला सिली कार्यक्रम उपभोक्ता समितिको आयोजना साथै हतुवागढी गाउँपालिका वडा न ५ र ६ काे प्रायोजनमा कार्तिक २२ गते देखि जारी उक्त मेला हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईको प्रमुख आतिथ्यतामा सोमबार समापन गरिएको हो ।

किरात राई जातिको साकेन्वा सिली प्रदर्शन गरी उद्घाटन गरिएको कार्यक्रममा साविक होम्ताङ गाविस अन्तर्गत वडा स्तरीय पुरूष तथा महिला फुटबल प्रतियगिता गरिएको थियो । त्यसका साथै साकेन्वा सिली प्रतियोगिता, सामूहिक नृत्य प्रतियोगिता र पुरूष तथा महिला डोरी तान प्रतियोगिता आयोजना गरिएको थियो ।
सोही अवसरमा साकेन्वा पुज्ने पुजारी (नाक्छोङ) हरुलाई किराती संस्कार अनुसार शिरमा सेतो फेटा गुठाएर सम्मान गरिएको थियो ।

सिली मेलाको अवसर पारेर सिली नाच्ने सङ्ख्या वृद्धी गर्न सिली प्रतियोगीता समेत आयोजना गरिएको ५ नं वडाअध्यक्ष सुरेश कुमार राईले बताए ।

मेलामा परम्परागत सांस्कृतिक सामाग्री, स्थानीय उत्पादन बदाम सुन्तला लगायत प्रदर्शन तथा बिक्री वितरणमा राखिएको थियो । वृद्ववृद्धा, युवा तथा बालबालिकाको उपस्थितिले उत्तिकै रौनकता छाएको पाइएको थियो ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…