बान्तावा कविता प्रतियोगितामा सहभागिताको लागि आह्वान
- समाचार
- July 11, 2023
काठमाडौं । ‘१९ औं बान्तावा कविता प्रतियोगिता–२०८०’ मा सहभागिताको लागि आह्वान गरिएको छ ।
राई बान्तावा भाषाको मासिक पत्रिका ‘बुङ्वाखा’ को १९ औं वार्षिकोत्सवको अवसरमा उक्त कविता प्रतियोगिता हुन लागेको हो ।
बुङ्वाखा पत्रिकाले एक सुचना जारी गर्दै बान्तावा कविता प्रतियोगितामा सहभागिताको लागि आह्वान गरेको हो । प्रत्येक वर्षको मंसिर २४ गते फरक फरक ठाउँमा बुङ्वाखा वार्षिकोत्सव मनाइदै आएको छ । यसपटक ‘बुङ्वाखा’ को १९ औं वार्षिकोत्सव खोटाङ जिल्लाको जन्तेढुङ्गा गाउँपालिकामा हुन लागेको हो । सहभागिताको लागि कार्तिक २४ गतेभित्र बुङ्वाखा इमेल bungwakha@gmail.com मा पठाइसक्नु पर्ने आयोजकले जनाएको छ ।
१९ औं वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगिता भएकाले सहभागी मध्ये १९ जना प्रतियागी छनोट गरि वाचनका लागि समावेश गरिनेछ । कविता बान्तावा भाषाको लेखन पद्धति अनसार शुद्धसँग कम्प्युटर टाइप गरि १०० देखि १५० शब्दको हुनुपर्ने छ । पूर्वप्रकाशित वा वाचित कवितालाई प्रतियोगितामा सामेल नगरिने जनाइएको छ । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनुहुने कविहरुलाई ‘बुङ्वाखा–श्यामराज दुब्देङहाङ स्मृति कोष’ बाट क्रमशः २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिने जारी सुचनामा उल्लेख छ ।