हतुवागढीमा मंसिर १ गतेदेखि साविक वडा स्तरीय भलिबल प्रतियोगिता

शेयर गर्नुहोस

पात्लेपानी । भोजपुरको हतुवागढी गाउँपालिका ८ स्थित साविक अन्तर वडा स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ ।

युवा समुह, हतुवागढी ८ ले वडादशै, शुभदिपावली २०८० को उपलक्ष्यमा साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको आयोजना गरेको हो ।

विद्यापोखरी खेल मैदानमा हुन लागेको उक्त प्रतियोगिता मंसिर १ देखि ३ गते सम्म सञ्चालन हुने आयोजक युवा समूहले जनाएको छ । खेलमा सहभागिताको लागि कार्तिक ३० गते दिउँसो १ बजे भित्र टिम दर्ता गरिसक्नुपर्ने छ ।

खेलाडी सम्बन्धित साविक वडा अन्तर्गतको हुनुपर्ने, खेलाडीले नागरिकता अथवा परिचय खुल्ने कागजात पेश गर्नुपर्ने तथा तत्काल बसाइसराईको प्रमाण पत्र मान्य नहुने जारी सुचनामा उल्लेख छ ।
नकआउटको आधारमा हुने उक्त प्रतियोगितामा प्रथमले ५१ हजार १ सय १, दास्रोले ३० हजार र तेस्रोले १५ हजार नगद पुरस्कार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

अन्य पोष्टहरु

नतिजा प्रकाशन पछि परिक्षा रद्ध हुँदा विवादित बन्यो पात्लेपानी स्वास्थ्य चौकीको स्वयंसेविका छनौटको विषय

नतिजा प्रकाशन पछि परिक्षा रद्ध हुँदा विवादित बन्यो पात्लेपानी स्वास्थ्य चौकीको स्वयंसेविका छनौटको विषय

शेयर गर्नुहोस घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिका वडा नं ८ स्थित पात्लेपानी स्वास्थ्य चौकीमा स्वयंसेविका छनौटको…
चोरीभएको सुन सहित नगद बरामद

चोरीभएको सुन सहित नगद बरामद

शेयर गर्नुहोस भोजपुर । भोजपुर नगरपालिका ५ बोखिममा चोरी भएको नगद र सुन बरामद भएको छ…

त्रिवि दिवसमा भोजपुर क्याम्पसले गर्यो विभिन्न कार्यक्रम

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । त्रिभुवन विश्वविद्यालयको ६५ ‌औ वार्षिक दिवसको अवशरमा भोजपुर बहुमुखि क्याम्पसले…