भोजपुरको हतुवागढीमा वैशाख ४ देखि पाचौं घोडेटार गोल्डकप हुने

शेयर गर्नुहोस

घोडेटार । हतुवागढी खेलकुद विकास समितिको आयोजनामा पाचौं घोडेटार गोल्डकप २०८० खुल्ला पुरुष फुटबल प्रतियोगिता हुने भएको छ ।

भोजपुरको हतुवागढी गाउँपालिकाको प्रायोजन तथा उद्योग वाणिज्य संघ घोडेटारको सहयोगार्थ हतुवागढी १ स्थित सगरमाथा माविको खेल मैदानमा उक्त प्रतियोगिता हुने भएको हो ।

नयाँ वर्ष २०८० को अवसर पारेर बैशाख ४ देखि १० गते सम्म सञ्चालन हुन लागेको उक्त प्रतियोगितामा सहभागिताको लागि बैशाख ३ गते सम्म टिम दर्ता गराइसक्नुपर्ने छ । 7A Side साइडमा खेलाइने उक्त प्रतियोगिताको प्रत्येक खेलमा म्यान अफ द म्याच को व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा उपाधी विजेता टिमले नगद एक लाख १० हजार, उपविजेता टिमले नगद ५५ हजार साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै तेस्रो हुने टिमले नगद २० हजार र सान्तवना हुने टिमले नगद १५ हजार साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…