मुख्यमन्त्री राजेन्द्र राई भोजपुर क बाट प्रदेशसभा सदस्यमा निर्वाचित

शेयर गर्नुहोस

८ मंसिर, भोजपुर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राई भोजपुरको प्रदेशसभा क बाट निर्वाचित भएका छन् ।

मतगणनाको क्रममा सुरुवाती अग्रता लिएका मुख्यमन्त्री राईले नेकपा एमालेका उम्मेदवार हरिबहादुर राईलाई फराकिलो मतान्तरले पराजित गराएका हुन् ।

गठबन्धन दलबाट नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवार राजेन्द्र राईले १६ हजार १ सय १० मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका हरिबहादुर राईले १२ हजार २ सय २३ मत प्राप्त गरे ।

त्यस्तै जनता समाजवादी पार्टीका उम्मेदवार मणिराज राईले ९७४ मत प्राप्त गरे ।

भोजपुरको प्रदेश सभा क तर्फ जम्मा ३२ हजार ४ सय ९ मत खसेको थियो । गठबन्धन दलका उम्मेदवार राई ३ हजार ८ सय ८७ मतको अन्तरले विजयी भएका हुन् ।
अन्तिम मतपरिणाम सार्वजनिक भएपनि आधिकारिक रुपमा विजयी घोषणा हुन बाँकी रहेको छ ।

 

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…