युवा संघ भोजपुरको जिल्ला भेला भाद्र २५ गते, महेश बस्नेत लगायतका नेता आउँदै

शेयर गर्नुहोस

भोजपुर, २२ भाद्र । राष्ट्रिय युवा संघ भोजपुरको जिल्ला भेला तथा विस्तारित बैठक यहि २५ गते शनिबार हुने भएको छ ।

नेकपा एमालेसम्बद्ध युवा संघ भोजपुरको उक्त भेला तथा विस्तारित बैठक एमाले स्थायी कमिटी सदस्य तथा पूर्व मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यतामा सम्पन्न हुन लागेको हो ।

भोजपुर नगरपालिकाको सभा हलमा हुन लागेको उक्त भेलामा नेकपा एमाले पोलिटब्युरो सदस्य, राष्ट्रिय युवा संघ नेपाल इन्चार्ज तथा पूर्व मन्त्री महेश बस्नेत, युवा संघ नेपाल पूर्व केन्द्रीय उपाध्यक्ष हरिबहादुर राई, युवासंघ नेपाल केन्द्रीय महासचिव क्षितिज थेबे र युवा संघ नेपाल केन्द्रीय अध्यक्ष किरण पौडेलले सम्बोधन गर्ने भएका हुन् ।

आगामी ४ मंसिरको संघ र प्रदेशसभाको निर्वाचन लक्षित भेला गर्न लागिएको युवा संघ भोजपुरले जनाएको छ ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…