युवा संघ भोजपुरको जिल्ला भेला भाद्र २५ गते, महेश बस्नेत लगायतका नेता आउँदै

शेयर गर्नुहोस

भोजपुर, २२ भाद्र । राष्ट्रिय युवा संघ भोजपुरको जिल्ला भेला तथा विस्तारित बैठक यहि २५ गते शनिबार हुने भएको छ ।

नेकपा एमालेसम्बद्ध युवा संघ भोजपुरको उक्त भेला तथा विस्तारित बैठक एमाले स्थायी कमिटी सदस्य तथा पूर्व मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यतामा सम्पन्न हुन लागेको हो ।

भोजपुर नगरपालिकाको सभा हलमा हुन लागेको उक्त भेलामा नेकपा एमाले पोलिटब्युरो सदस्य, राष्ट्रिय युवा संघ नेपाल इन्चार्ज तथा पूर्व मन्त्री महेश बस्नेत, युवा संघ नेपाल पूर्व केन्द्रीय उपाध्यक्ष हरिबहादुर राई, युवासंघ नेपाल केन्द्रीय महासचिव क्षितिज थेबे र युवा संघ नेपाल केन्द्रीय अध्यक्ष किरण पौडेलले सम्बोधन गर्ने भएका हुन् ।

आगामी ४ मंसिरको संघ र प्रदेशसभाको निर्वाचन लक्षित भेला गर्न लागिएको युवा संघ भोजपुरले जनाएको छ ।

अन्य पोष्टहरु

नतिजा प्रकाशन पछि परिक्षा रद्ध हुँदा विवादित बन्यो पात्लेपानी स्वास्थ्य चौकीको स्वयंसेविका छनौटको विषय

नतिजा प्रकाशन पछि परिक्षा रद्ध हुँदा विवादित बन्यो पात्लेपानी स्वास्थ्य चौकीको स्वयंसेविका छनौटको विषय

शेयर गर्नुहोस घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिका वडा नं ८ स्थित पात्लेपानी स्वास्थ्य चौकीमा स्वयंसेविका छनौटको…
चोरीभएको सुन सहित नगद बरामद

चोरीभएको सुन सहित नगद बरामद

शेयर गर्नुहोस भोजपुर । भोजपुर नगरपालिका ५ बोखिममा चोरी भएको नगद र सुन बरामद भएको छ…

त्रिवि दिवसमा भोजपुर क्याम्पसले गर्यो विभिन्न कार्यक्रम

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । त्रिभुवन विश्वविद्यालयको ६५ ‌औ वार्षिक दिवसको अवशरमा भोजपुर बहुमुखि क्याम्पसले…