नेकपा एमाले भोजपुरले गर्यो संघ र प्रदेशको लागि ३८ जना उम्मेदवारको नाम सिफारिस

शेयर गर्नुहोस

भोजपुर, २२ भाद्र । नेपाल कम्युनिस्ट पार्टी एमाले भोजपुरले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारहरुको नाम सिफारिस गरेको छ ।

मंगलबार (हिजो) बसेको नेकपा एमाले जिल्ला कमिटी भोजपुरको पूर्ण बैठकले प्रतिनिधिसभा र दुई प्रदेशसभाका लागि प्रत्यक्ष तथा समानुपातिकतर्फ ३८ जना उम्मेदवारहरुको नाम सिफारिस गरेको हो ।

भोजपुरमा प्रतिनिधिसभा तर्फ एक निर्वाचन क्षेत्र रहेको छ भने प्रदेशसभा तर्फ दुई निर्वाचन क्षेत्र रहेको छ । एमाले भोजपुरले प्रतिनिधिसभा तर्फ प्रदेश १ का पूर्व मुख्यमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य शेरधन राई र पूर्व पर्यटन मन्त्री तथा एमाले प्रदेश कमिटी सचिवालय सदस्य कृपाशुर शेर्पाको नाम सिफारिस गरेको छ ।
प्रतिनिधिसभा समानुपातिक तर्फ पासाङ दोर्ची शेर्पा र शशी रोक्का नाम सिफारिस गरिएको छ ।

त्यस्तै एमालेले प्रदेशसभा निर्वाचन क्षेत्र १ (क) प्रत्यक्षतर्फ हरि बहादुर राई, देवीराम चौलागाई, प्रकाश पौडेल, प्रशुराम अधिकारी, योगेन्द्र खत्री र रोशन बस्तेतको नाम सिफारिस गरिएको छ भने समानुपातिकमा इन्दिरा घले, खगेन्द्र राई, ठाकुरसिं राई, दिपेन्द्र प्रसाद घिमिरे, विनिता तामाङ, विष्णु बहादुर राउत, भोज बहादुर भुजेल, राजकुमार दंगाल (समुल) लक्ष्मी कला राई (जिसी) सुबास मगर र शेरबहादुर श्रेष्ठको नाम सिफारिस गरिएको हो ।

प्रदेश सभा निर्वाचन क्षेत्र २ (ख) प्रत्यक्ष तर्फ खड्ग बहादुर कार्की (प्रेम) तीर्थकुमार राई, ध्यान बहादुर राउत, प्रशुराम अधिकारी, पारुहाङ राई, राजन कुमार श्रेष्ठ र सृजना राईसहित सात जनाको नाम सिफारिस गरिएको छ ।

त्यस्तै समानुपातिक तर्फ कुमार फुयाल, चित्रलाल विक, दुर्गा रणपंहेली, पिवन्त न्यौपाने, बन्दना राई, मुक्ती राई, लाल बहादुर विक, राजकुमार कार्की र सजना दर्जीको नाम सिफारिस गरिएको हो ।

अन्य पोष्टहरु

चोरीभएको सुन सहित नगद बरामद

चोरीभएको सुन सहित नगद बरामद

शेयर गर्नुहोस भोजपुर । भोजपुर नगरपालिका ५ बोखिममा चोरी भएको नगद र सुन बरामद भएको छ…

त्रिवि दिवसमा भोजपुर क्याम्पसले गर्यो विभिन्न कार्यक्रम

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । त्रिभुवन विश्वविद्यालयको ६५ ‌औ वार्षिक दिवसको अवशरमा भोजपुर बहुमुखि क्याम्पसले…
भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।…