भोजपुरको होम्ताङमा ६ दिने साकेन्वा सिली मेला २०८१

शेयर गर्नुहोस

 

घोडेटार । भोजपुर जिल्लाको दक्षिणी क्षेत्र हतुवागढी गाउँपालिकास्थित होम्ताङमा साकेन्वा सिली मेला आयोजना गरिएको छ ।

साकेन्वा संरक्षण, पूजा समिति तथा साकेन्वा मेला सिली कार्यक्रम उपभोक्ता समितिको आयोजना साथै हतुवागढी गाउँपालिका वडा न ५ र ६ काे प्रायोजनमा उक्त मेलाको आयोजना गरिएको हो ।

बिहिबार हतुवागढी गाउँपालिका अध्यक्ष प्रेम कुमार राईकाे प्रमुख आतिथ्यतामा किरात राई जातिको साकेन्वा सिली प्रदर्शन गरी कार्यक्रमको उद्घाटन गरिएको हो । कार्यक्रम उद्घाटन सङ्गै साविक होम्ताङ गाविस अन्तर्गत वडा स्तरीय पुरूष तथा महिला फुटबल प्रतियगिता सुरु गरिएको छ ।
आगामी कार्तिक २६ गते सम्म सञ्चालन हुने सिली मेलाको अवसर पारेर सिली नाच्ने सङ्ख्या वृद्धी गर्न सिली प्रतियोगीता समेत आयोजना गरिएको ५ नं वडाअध्यक्ष सुरेश कुमार राईले बताए ।

सोही अवसरमा साकेन्वा पुज्ने पुजारी (नाक्छोङ) हरुलाई किराती संस्कार अनुसार शिरमा सेतो फेटा गुठाएर सम्मान गरिएको थियो ।

त्यस्तै हतुवागढी गाउँपालिकै वडा नं ८ स्थित विद्यापोखरीमा साविकको वडा स्तरीय पुरूष तथा महिला भलिबल प्रतियगिता जारी रहेको छ ।
हतुवागढी ८ युवा समूहद्धारा आयोजित उक्त प्रतियोगिता कार्यक्रम हतुवागढी खेलकुद विकास समितिको अध्यक्ष बालकुमार राईले प्रादेशिक रेफ्री द्वय तारा मगर र वसन्त राईलाई बल हस्तान्तरण गरी उद्घाटन गरिएको हो ।

प्रतियोगितामा पुरूष तर्फ ३२ र महिला तर्फ ११ समूहको सहभागिता रहेको आयोजक समिति अध्यक्ष नगेन्द्र राईले जानकारी दिएका छन्।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…