साविक वडास्तरीय भलिबल प्रतियोगितामा वासिङथर्पु विजयी, दोस्रो गोगने र तेस्रो पैरे

शेयर गर्नुहोस

पात्लेपानी । भोजपुरको हतुवागढी गाउँपालिका ८ स्थित साविक अन्तर वडा स्तरीय भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।

युवा समुह, हतुवागढी ८ ले वडादशै, शुभदिपावली २०८० को उपलक्ष्यमा साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको आयोजना गरेको हो ।

विद्यापोखरी खेल मैदानमा मंसिर १ देखि सुरु भएको प्रतियोगिता सोमबार हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईको प्रमुख आतिथ्यतामा समापन गरिएको हो ।

३९ समूहको सहभागिता रहेको प्रतियोगितामा आमचोक गाउँपालिका वासिङथर्पु-कारा भलिबल टिम विजयी बनेको हो ।
फाइनल खेलमा टेम्केमैयुङ गाउँपालिका-गोगने भलिबल टिमलाई पराजित गर्दै उपाधी विजेता बनेको वासिङ भलिबल टिमले रु. ५१ हजार १ सय ११ नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
उपविजेता गोगने भलिबल टिमले रु. ३० हजार नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

त्यस्तै हतुवागढी ९ हसनपुर पैरे प्रतियोगितामा तेस्रो बनेको छ । उपाधिको लागि आयोजक हतुवागढी ८ खुकैला भलिबल टिमलाई हराउँदै तेस्रो विजेता बनेको पैरे भलिबल टिमले रु. १५ हजार नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

नोगेन राईको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा हतुवागढी गाउँपालिका उपाध्यक्ष सुनिता किराती, हतुवागढी वडा नं. ८ अध्यक्ष प्रेमबहादुर थापाको विशेष आतिथ्यता रहेको थियो । त्यस्तै नवीन चाम्लिङ राईले कार्यक्रमको सञ्चालन गरेका थिए ।

अन्य पोष्टहरु

चोरीभएको सुन सहित नगद बरामद

चोरीभएको सुन सहित नगद बरामद

शेयर गर्नुहोस भोजपुर । भोजपुर नगरपालिका ५ बोखिममा चोरी भएको नगद र सुन बरामद भएको छ…

त्रिवि दिवसमा भोजपुर क्याम्पसले गर्यो विभिन्न कार्यक्रम

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । त्रिभुवन विश्वविद्यालयको ६५ ‌औ वार्षिक दिवसको अवशरमा भोजपुर बहुमुखि क्याम्पसले…
भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।…