उदयपुरमा एकै परिवारका तीन जनाको हत्या

शेयर गर्नुहोस

उदयपुर । उदयपुरमा एकैपरिवारका तीन जनाको हत्या भएको छ । बेलका नगरपालिका–७, उदयपुरका राजकुमार बस्नेतसहित उनकी श्रीमती र छोराको हत्या भएको जिल्ला प्रहरी कार्यालय, उदयपुरले जनाएको छ ।

उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले  बताएअनुसार हत्यामा संलग्न भएको आशंकामा एकजना पक्राउ परिसकेका छन् । पक्राउ पर्नेमा नरबहादुर बस्नेत छन् । उनी नाताभित्रै पर्ने व्यक्ति हुन् ।

बेलकाका मेयर अशोक कार्कीका अनुसार घटनास्थल नगरपालिकाको विकट क्षेत्रमा पर्छ । ‘बिहान ११ बजेको घटना रहेछ, टुक्राटुक्रा पारेको अवस्थामा शव भेटिएको छ’ उनले भने, ‘प्रहरीले संकलन गरेर एकठाउँमा राखेको छ ।’

प्रारम्भिक अनुसन्धानका क्रममा सबैलाई खुकुरी हानिएको हुनसक्ने देखिएको प्रहरीको भनाइ छ । घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…