वडाध्यक्ष थापाद्वारा कक्षा ११ का विद्यार्थीलाई निशुल्क पोसाक वितरण
- Uncategorizedसमाचार
- September 6, 2023
भाद्र १८, पात्लेपानी । भोजपुर हतुवागढी ८ का वडाध्यक्ष प्रेमबहादुर थापाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेका छन् ।
सोमबार जनज्योती माविमा छात्रवृत्ति वितरण कार्यक्रमको अवसरमा वडाध्यक्ष थापाले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीलाई निशुल्क पोसाक वितरण गरेका हुन् ।
पात्लेपानी स्थित जनज्योती माविमा यहि शैक्षिकसत्रबाट कक्षा ११ को पढाइ सुरु गरिएको छ । नयाँ विद्यार्थीलाई गाउँमा बसेर पढ्ने वातावरणको सिर्जना गर्दै प्रोत्साहन स्वरुप निशुल्क विद्यालय पोसाक वितरण गरिएको वडाध्यक्ष थापाले बताए ।
कृष्ण थापा, राधा थापा अक्षयकोषबाट कक्षा ८ का उत्कृष्ट छात्र र छात्रा गरि दुईजनालाई छात्रवृत्ति प्रदान गरिएको थियो । कक्षा ११ मा भर्ना भएका १६ जना विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरिएको हो ।
वडाध्यक्ष थापाले यस अघि वडाभरिका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई निशुल्क पोसाक वितरण गरेका हुन् ।