यी हुन्, जसपा भोजपुरबाट संघ र प्रदेशका लागि सिफारिस उम्मेदवार

शेयर गर्नुहोस

२१ भाद्र, भोजपुर । जनता समाजवादी पार्टी (जसपा) भोजपुरले आगामी ४ मङ्सिरमा हुने निर्वाचनका लागि १९ जनाको नाम सिफारिस गरेको छ ।

गठबन्धन दलमा सिटका विषयमा टुंगो लागिनसके पनि जसपा भोजपुरले प्रतिनिधिसभा, प्रदेशसभा र समानुपातिक तर्फ १९ जना उम्मेदवारको नामावली केन्द्रीय समितिमा सिफारिस गरेको हो ।

प्रतिनिधिसभातर्फ एउटा मात्र निर्वाचन क्षेत्र रहेको भोजपुरमा प्रत्यक्षतर्फ जसपा भोजपुरले वीर कुमार राई र मणिराज राईको नाम सिफारिस गरेको छ ।

प्रदेशसभाका लागि भने दुईवटा निर्वाचन क्षेत्र रहेको छ । निर्वाचन क्षेत्र नम्बर १ ‘क’ बाट प्रसन्न कुमार राई र खगेन्द्र कुलुङको नाम सिफारिस गरिएको छ भने निर्वाचन क्षेत्र नम्बर २ ‘ख’ बाट आश कुमार राई र श्री प्रसाद श्रेष्ठको नाम सिफारिस गरिएको हो ।

यस्तै संघका लागि समानुपातिकतर्फ सिफारिस हुनेमा अन्जनीकुमार राई, प्रेमबहादुर राई, मित्र प्रसाद राई, रमेश निरौला खत्री र छत्र बहादुर वि.क. को नाम गरेको छ ।

प्रदेशसभाको लागि समानुपातिकतर्फ गोपाल कुमार राई, दिपचन्द्र राई, मीना राई, सञ्जिता राई, बालानन्द ढकाल, इन्दिरा राई, मञ्जु राई र दिल कुमारी बस्नेतको नाम सिफारिस गरिएको छ ।

जसपा भोजपुरको भाद्र ५ गते बसेको बैठकबाट उम्मेदवारको नामावली तय गरिएको हो । समावेशितालाई ध्यानमा राखेर उम्मेदवारका लागि नामावली सिफारिस गरिएको जसपा भोजपुरका अध्यक्ष आस कुमार राईले जानकारी दिए ।

अन्य पोष्टहरु

चोरीभएको सुन सहित नगद बरामद

चोरीभएको सुन सहित नगद बरामद

शेयर गर्नुहोस भोजपुर । भोजपुर नगरपालिका ५ बोखिममा चोरी भएको नगद र सुन बरामद भएको छ…

त्रिवि दिवसमा भोजपुर क्याम्पसले गर्यो विभिन्न कार्यक्रम

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । त्रिभुवन विश्वविद्यालयको ६५ ‌औ वार्षिक दिवसको अवशरमा भोजपुर बहुमुखि क्याम्पसले…
भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।…