युवा संघले गर्‍यो भोजपुर बसपार्क सरसफाइ

शेयर गर्नुहोस

भोजपुर । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालले भोजपुर बसपार्क क्षेत्रमा सरसफाइ गरेको छ ।

युवा संघ नगर कमिटीको आयोजनामा नयाँ बसपार्क र नाली सरसफाइ गरिएको हो । नागरिकसँग प्रत्यक्ष जोडिँदै आफ्नो गाउँठाउँको विकासमा युवा शक्ति परिचालनको प्रेरणा जागृत गराउन सरसफाइ कार्यक्रम आयोजना गरिएको नगर कमिटीका अध्यक्ष दीपेन दर्नालले बताए ।

चाडबाडको अवसर पारेर गरिएको सरसफाइको एमाले भोजपुरका अध्यक्ष शरणकुमार राई,  युवा संघका केन्द्रीय सदस्य विमल रणपहेँली, अनेरास्ववियुका केन्द्रीय सदस्य प्रताप तामाङलगायतले नेतृत्व गरेका थिए ।  यसअघि पनि युवा संघले स्थानीयसँग समन्वय गरेर भोजपुर बजारका खाल्डाखुल्डी ढलान गरेर पुर्ने अभियान चलाएको थियो ।

अन्य पोष्टहरु

चोरीभएको सुन सहित नगद बरामद

चोरीभएको सुन सहित नगद बरामद

शेयर गर्नुहोस भोजपुर । भोजपुर नगरपालिका ५ बोखिममा चोरी भएको नगद र सुन बरामद भएको छ…

त्रिवि दिवसमा भोजपुर क्याम्पसले गर्यो विभिन्न कार्यक्रम

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । त्रिभुवन विश्वविद्यालयको ६५ ‌औ वार्षिक दिवसको अवशरमा भोजपुर बहुमुखि क्याम्पसले…
भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।…